प्रधानमन्त्री कप – एन. भि. ए. महिला तथा पुरुष लिग भलिबल आषाढ अन्तिम साता हुने

प्रधानमन्त्री कप – एन. भि. ए. महिला तथा पुरुष लिग भलिबल आषाढ अन्तिम साता हुने : Icon Khabar

काठमाडौं, असार ११ । नेपाल भलिबल संघको आयोजनमा हुने सातौं प्रधानमन्त्री कप – एन. भि. ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० आषाढ अन्तिम साता हुने भएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले बार्षिक कार्यक्रम (२०७९÷८०) अनुरुप नेपालको राष्ट्रिय खेल भलिबललाई बृहत रुपमा विकास, विस्तार र प्रवर्धन गर्दै र ब्यावसायीकरण गर्दै लैजाने नीति अनुरुप यही मिति २०८० आषाढ २३ देखि ३० गते सम्म सातौं प्रधानमन्त्री कप – एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग गर्न गईरहेको जनाएको हो ।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाण्डौ, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरि ८ क्लबहरु र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहने आयोजकले जनाएका छन् । च्याम्पियनसिपमा सहभागी पुरुष तर्फ १५ र महिला तर्फ ८ टिमको प्रतिस्पर्धाबाट लिगका लागि पुरुष तर्फ ८ र महिला तर्फ ६ टिमको छनौट गरिएको थियो । लिगमा एक टिमबाट तीन बिदेशी खेलाडीले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

लिगमा विजयी हुने टोलीले आगामी डिसेम्बर (नेपाल भलिबल संघले प्रस्ताव गरे अनुसार) मा नेपालमा आयोजना हुने ऋब्ख्ब् पुरुष क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५÷३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनाही रु. १५÷१५ हजार प्राप्त गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद्बाट लिग संचालनका लागि रु. ४० लाख सहयोग भएको छ भने माछापुच्छ्रे बैकले १ लाख ५० हजार, संघका पूर्व उपाध्यक्ष रञ्जन खड्काले शेरबहादुर खड्का प्रतिष्ठानको तर्फबाट उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिने पुरस्कार रकम ७५ हजार र पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले ५० हजार सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस्तै मेडिया पार्टनर हाम्रो खेलकुदले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका साथै सम्झौता बमोजिमको आर्थिक सहयोग गर्ने समेत पत्रकार सम्मलेलनमा अध्यक्ष चन्दले बताए ।

Published Date: 26 June 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न