नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण : Icon Khabar

काठमाडौँ, असार १० । नेपाल आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेपछि नेपालको विश्वकप यात्रा यहिँ समाप्त भएको हो ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेले ।

पहिलो रोजाईका प्रमुख ७ बलर (पल भान माक्रेन, ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, टिम भान डर गुर्टेन, शेन स्नेटर, रोलेफ भान मर्वे र स्पिनर टिम प्रिन्गल) नेदरल्यान्ड्सको टोलीमा थिएनन् । प्रिन्गल चोट र अन्य खेलाडी इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीले नछोड्दा टोलीमा थिएनन् ।

तर पनि राम्रो गृहकार्यका साथ नेदरल्यान्ड्सका बलरले नेपाली ब्याटरको कमजोरीमाथि नै बलिङ गर्दै कुनैपनि समय खुलेर खेल्न दिएनन् । नेपालले हार्नुमा ब्याटरको गल्ती प्रमुख कारण छ । समग्रमा नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छ ।

१. नेपाली ब्याटरले शर्ट बल खेल्न नसक्नु

२.खराब ब्याटिङ

३.बलिङमा सानदार सुरुवात गर्न नसक्नु

४.महत्वपूर्ण टस हार्नु

५.ठूलो साझेदारीको अभाव

Published Date: 25 June 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न