नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण : Icon Khabar

काठमाडौँ, असार १० । नेपाल आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेपछि नेपालको विश्वकप यात्रा यहिँ समाप्त भएको हो ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेले ।

पहिलो रोजाईका प्रमुख ७ बलर (पल भान माक्रेन, ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, टिम भान डर गुर्टेन, शेन स्नेटर, रोलेफ भान मर्वे र स्पिनर टिम प्रिन्गल) नेदरल्यान्ड्सको टोलीमा थिएनन् । प्रिन्गल चोट र अन्य खेलाडी इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीले नछोड्दा टोलीमा थिएनन् ।

तर पनि राम्रो गृहकार्यका साथ नेदरल्यान्ड्सका बलरले नेपाली ब्याटरको कमजोरीमाथि नै बलिङ गर्दै कुनैपनि समय खुलेर खेल्न दिएनन् । नेपालले हार्नुमा ब्याटरको गल्ती प्रमुख कारण छ । समग्रमा नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छ ।

१. नेपाली ब्याटरले शर्ट बल खेल्न नसक्नु

२.खराब ब्याटिङ

३.बलिङमा सानदार सुरुवात गर्न नसक्नु

४.महत्वपूर्ण टस हार्नु

५.ठूलो साझेदारीको अभाव

Published Date: 25 June 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड