नेपालको विश्वकप खेल्ने सपना समाप्त

नेपालको विश्वकप खेल्ने सपना समाप्त : Icon Khabar

काठमाडौँ, असार ९ । नेपाल आइसिसी विश्वकप छनोट २०२३ मा आफ्नो समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै सुपर सिक्स हुँदै विश्वकप खेल्ने सपना समाप्त भएको छ । नेपाल चार मध्य तीन खेलमा हारका साथ समूह ए बाटै बाहिरिएको हो ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ९० रन बनाए ।

टिमलाई जितको लागि १० रन चाहिँदा गुलशन झाले २७ औं ओभरको पहिलो बलमा बोल्ड आउट गरेपछि ओडिआई करिअरको पहिलो शतक बनाउने अवसर गुमाएका थिए । बास डि लिडे ३९ बलमा ६ चौकासहित ४१ रनमा नट आउट रहे ।

पहिलो विकेटका लागि ओपनर म्याक्स ओडाउड र विक्रमजित सिंहले १३ ओभरमा ८६ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । सन्दीपको बलमा एलबीडब्लू आउट हुनुअघि विक्रमजितले ४३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए । वेस्ली ब्यारी ३ रनमा दीपेन्द्रबाट आउट भए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ६ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमा अल आउट भएको थियो । उक्त लक्ष्य जितको लागि पर्याप्त हुन सकेन । नेदरल्यान्ड्सका तीव्र गतिका बलरको शर्ट र बाउन्सर बलको सामना गर्न नसक्दा नेपाल सस्तैमा अल आउट भएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । सन्दीप लामिछाने ३३ बलमा ४ चौकासहित २७ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खेलमा नेपालले सुरुवात देखीनै खराब प्रदर्शन गर्यो ।

नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन पुगे ।

कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रमजित सिंहको १४ औं ओभरको पाँचौं बलमा कट खेल्ने धुनमा कुशल विकेटकिपर स्कर्ट एड्वार्ड्सबाट समातिन पुगे । कुशल आउट हुँदा नेपाल १४.५ ओभरमा ४६–२ को अवस्थामा थियो । कुशल र भीमले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । यस खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी नै त्यहिँ थियो ।

विक्रमजितकै बलमा आरिफ शेख ६ रनमा बिकबाट क्याच हुँदै पेभेलिएन फर्किएका थिए । भीम सार्की ५६ बलमा १ चौकासहित २२ रनमा क्याच आउट भए । भीम स्पिनर क्लेटन फ्लोयडको अफ साइटको बलमा शरिज अहमदबाट क्याच आउट हुन पुगेका थिए ।

पाँचौं विकेटका लागि रोहित र कुशल मल्लले २५ रनको साझेदारी गरेका थिए । कुशल मल्ल स्पिनर आर्यन दत्तको २६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिड अनमा तेजा निडामानुरुले १२ रनमा उत्कृष्ट क्याच लिए । उनले १९ बलमा १ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल पुन सर्ट बलमा आउट भए । तीव्र गतिका बलर भान बीकको ३२ औं ओभरको पाँचौं बलमा सट बलमा पुल खेल्ने धुनमा मिडविकेटमा विक्रमजित सिंहबाट क्याच आउट भए । रोहित वेस्टइन्डिजसँगको खेलमा पनि शर्ट बलकै शिकार बनेका थिए । भान बिकै शट बलमा दीपेन्द्र एज लागेर विकेटकिपरबाट १४ रनमा क्याच आउट भए ।

आठौं विकेटका लागि गुलशन र सन्दीपले ३२ रनको साझेदारी गरेका थिए । गुलशन बास डि लिडेको बलमा विकेटकिपर स्कटबाटै आउट भए । गुलशनले ३१ बलमा १५ रन बनाए । लिडे कै बलमा करण एक रनमा आउट भए ।

नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ९.३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । दक्षिण अफ्रिकामा अभ्यास खेलमा भान बिकले पाँच विकेट लिएका थिए । बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए । काउन्टीको कारण आफ्ना प्रमुख पहिलो रोजाईका बलर नभएपनि नेदरल्यान्ड्सका बलरले सानदार प्रदर्शन गरेका हुन् ।

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरियो । अमेरिका यसअघि नै लगातार तीन खेलमा हारका साथ बाहिरिएको थियो । समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले अव ७ औं देखी १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ । प्लेअफमा नेपालले समूह बी को पुछारको टोलीसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू