कमजोर ब्याटिङसँगै समस्यामा नेपाल

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

कमजोर ब्याटिङसँगै समस्यामा नेपाल : Icon Khabar

काठमाडौँ, असार ९ ।  नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध कमजोर ब्याटिङ प्रदर्शनसँगै समस्यामा परेको छ ।

ताकाशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २६.२ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको छ । नेपालका रोहित पौडेल १६ र दीपेन्द्रसिंह ऐरी १ रनमा क्रिजमा छन् ।

कुशल मल्ल स्पिनर आर्यन दत्तको २६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिड अनमा तेजा निडामानुरुले १२ रनमा उत्कृष्ट क्याच लिए । उनले १९ बलमा १ छक्का प्रहार गरे ।

नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन पुगे ।

कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रमजित सिंहको १४ औं ओभरको पाँचौं बलमा कट खेल्ने धुनमा कुशल विकेटकिपर स्कर्ट एडवाडर््सबाट समातिन पुगे । कुशल आउट हुँदा नेपाल १४.५ ओभरमा ४६–२ को अवस्थामा थियो ।

विक्रमजितकै बलमा आरिफ शेख ६ रनमा भान बिकबाट क्याच आउट भएका भएका थिए । भीम सार्की ५६ बलमा १ चौकासहित २२ रनमा क्याच आउट भए । भीम स्पिनर क्लेटन फ्लोयडको अफ साइटको बलमा शरिज अहमदबाट क्याच आउट हुन पुगेका थिए ।

Published Date: 24 June 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा