प्रधानमन्त्री दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, असार ७ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । दुई नेताबीच आज बिहान प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सोमबार चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले समाजवादी मोर्चाको घोषणा गरेका छन् । सोही सन्दर्भमा आज बैठक बसेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Published Date: 22 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक