प्रधानमन्त्री दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, असार ७ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । दुई नेताबीच आज बिहान प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सोमबार चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले समाजवादी मोर्चाको घोषणा गरेका छन् । सोही सन्दर्भमा आज बैठक बसेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Published Date: 22 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास