जिम्बावेविरुद्ध नेपालको राम्रो ब्याटिङ सुरुवात

जिम्बावेविरुद्ध नेपालको राम्रो ब्याटिङ सुरुवात : Icon Khabar

काठमाडौं, असार ३ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध राम्रो सुरुवात गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख २४ बलमा १ चौकासहित १३ रनमा क्रिजमा छन् । कुशल भुर्तेल ३६ बलमा ६ चौकासहित २९ रनमा क्रिजमा छन् । भुर्तेलले ब्यक्तिगत एक रनमै जीवनदान पाएका थिए । तर उक्त जीवनदानपछि भने कुशलले ६ चौका प्रहार गर्दै नेपाललाई राम्रो योगफलको आधार तय गराएका छन् ।

तर तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । एज लागेको बल फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । त्यो समय कुशल १२ बलमा १ रन बनाएर खेलेका थिए । त्यसपछि कुशलले आफ्नो रनको गती बढाएका थिए ।

नेपालले १४ औं बलमा रनको खाता खेलेको थियो । कुशल भुर्तेलले एक रन जोड्दै खाता खेलेका थिए । लगत्तै अर्को बलमा आसिफ शेखले चौकाका साथ आफ्नो ब्यक्तिगत खाता खेलेका थिए । जिम्बावेले सुरुवातमा तेन्डाई चतारा, रिचर्ड न्गारावा र ब्लेसिङ मुर्जाबानी गरि आफ्ना प्रमुख तीन बलरलाई बलिङ गराई सकेको छ ।

Published Date: 18 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक