जिम्बावेविरुद्ध नेपालको राम्रो ब्याटिङ सुरुवात

जिम्बावेविरुद्ध नेपालको राम्रो ब्याटिङ सुरुवात : Icon Khabar

काठमाडौं, असार ३ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध राम्रो सुरुवात गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख २४ बलमा १ चौकासहित १३ रनमा क्रिजमा छन् । कुशल भुर्तेल ३६ बलमा ६ चौकासहित २९ रनमा क्रिजमा छन् । भुर्तेलले ब्यक्तिगत एक रनमै जीवनदान पाएका थिए । तर उक्त जीवनदानपछि भने कुशलले ६ चौका प्रहार गर्दै नेपाललाई राम्रो योगफलको आधार तय गराएका छन् ।

तर तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । एज लागेको बल फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । त्यो समय कुशल १२ बलमा १ रन बनाएर खेलेका थिए । त्यसपछि कुशलले आफ्नो रनको गती बढाएका थिए ।

नेपालले १४ औं बलमा रनको खाता खेलेको थियो । कुशल भुर्तेलले एक रन जोड्दै खाता खेलेका थिए । लगत्तै अर्को बलमा आसिफ शेखले चौकाका साथ आफ्नो ब्यक्तिगत खाता खेलेका थिए । जिम्बावेले सुरुवातमा तेन्डाई चतारा, रिचर्ड न्गारावा र ब्लेसिङ मुर्जाबानी गरि आफ्ना प्रमुख तीन बलरलाई बलिङ गराई सकेको छ ।

Published Date: 18 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय