अखित्यारमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म झण्डै साढे २२ हजार उजुरी

अखित्यारमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म झण्डै साढे २२ हजार उजुरी : Icon Khabar

काठमाडौं, असार ३ । १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यो तथ्यांक आयोगका सचिव रामेश्वर दंगालले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा पेस गरेका हुन् । समितिको बैठकमा दंगालले आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् ।

तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।

कसुर स्थापित भएको प्रतिशत पनि २०७९/८० मै सबैभन्दा कम छ । यो आर्थिक वर्षमा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको छ । सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको अख्तियारका सचिव दंगालले जानकारी दिए ।

प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फर्छ्यौट २०७८/७९ मा ७०.५६ प्रतिशत भएको छ । यसैगरी सबैभन्दा कम २०७९/८० मा ५६.३३ प्रतिशत उजुरी फर्छ्यौट भएको छ ।

अख्तियारका अनुसार २०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८/७९ मा २४३३१ उजुरी दर्ता भएको छ ।

Published Date: 18 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक