मनोज र विदुरलाई डबल्स स्वर्ण

मनोज र विदुरलाई डबल्स स्वर्ण : Icon Khabar

काठमाडौं, जेठ २९ । मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेका छन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा निहालजंग बहादुर थापाले विशांक सुवेदीलाई ६–० र ६–०, प्रदीप खड्काले विक्की सागोल्सेनलाई ७–६ र ६–०, राजवीर प्रधानले शंकर हेस्नेनलाई ६–१ र ६–१, आरभसम्राट हाडाले सुशल मोक्तानलाई ६–० र ६–०, आयुशमान हजुर घलेले नवीन श्रेष्ठलाई ६–२ र ६–३, साहिल थापाले विपुल अधिकारीलाई ६–० र ६–०, निशान श्रेष्ठले अर्याश शर्मालाई ६–० र ६–०, अभिनव आचार्यले निजेज महर्जनलाई ७–६ र ६–२, सक्षमविक्रम शाहले उगेन शेर्पालाई ६–२ र ६–१, अभिषेक बाँस्तोलाले ओजेज महर्जनलाई ६–० र ६–० तथा अकी जुवेन रावतले देबाशिश रेउलेलाई ६–१ र ६–० ले हराउदै दोश्रो चरणमा प्रवेश गरे ।

यु–१० गल्र्स सिंगल्समा सरा पन्तले प्रज्ञा वज्राचार्यलाई ६–० र ६–१, अनुश्री धोजुले थिअ श्रेष्ठलाई ६–० र ६–०, सर्वाना गुरुङले आयाना भद्रलाई ६–० र ६–० तथा जेनिशा ज्ञवालीले आयुश्री हजुर घलेलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए । यु–१२ गल्र्स सिंगल्समा सपना मल्लले सर्वाना गुरुङलाई ७–५ र ६–३ तथा आयुश्री हजुर घलेले यजु श्रेष्ठलाई ६–० र ६–१ ले पन्छ्याउदै क्वाटरफाइनलमा पुगे । यु–१२ ब्वाइज सिंगल्समा दर्शित अग्रवाल, सानोवाज हुसैन, सन्दिप जिसी, विश्वविशेष दल्लाकोटी, हभिस बन्सल, सुजन कुइकेल र साम्खाहाङ राई आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

यु–१४ गल्र्स सिंगल्समा समृद्धि महर्जनले दिब्यता भण्डारीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भइन् । सो स्पर्धाको ब्वाइजमा असभसम्राट हाडा, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र काइ प्रजापति क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु–१६ गल्र्स सिंगल्समा शिभाली गुरुङ तथा दिब्यता भण्डारी क्वाटरफाइनलमा पुगे । उक्त स्पर्धाको ब्वाइजमा राजवीर प्रधान, निशाद जोशी, बोरिस अधिकारी, आयुशमान हजुर घले र दर्शिल श्रेष्ठले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज सेवा र अन्वर अली, कमल भण्डारी र यज्ञ भण्डारी, अनिल साइ र गोपी भट्टराई तथा जितेन्द्र परियार र महेश श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने