नगरकोट आउने पर्यटकलाई झन् लोभ्याइरहेको झोलुङ्गे पुल “रानी झुला” (फोटो फिचर)

नगरकोट आउने पर्यटकलाई झन् लोभ्याइरहेको झोलुङ्गे पुल “रानी झुला” (फोटो फिचर) : Icon Khabar

नगरकोट, जेठ २७ । काठमाडौँबाट करिब ३२ किलोमिटर पूर्वमा पर्ने नेपालकै सबैभन्दा लोकप्रिय पर्यटकिय गन्तव्य मध्यको एक गन्तव्य हो नगरकोट। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित यस पर्यटकिय क्षेत्रमा देश तथा विदेशबाट दैनिक धेरै जना पर्यटकहरु आउने गर्छन्।

नगरकोट जाने बाटो मै रहेको तेलकोटबाट केहि मिनेट माथि पुग्दा हामीले देख्न सक्छौं हाल सालै निर्मित झोलुङ्गे पुल “रानी झुला”।
चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने नव निर्मित बास्तोला गाउँ वन पधेरो झोलुङ्गे पुल रानी झुलाको उद्घाटन यहि वि सं २०८० सालको जेठ महिनामा भएको हो ।

२५० मिटर लामो पुल १ करोड ६७ लाखको लागतमा निर्माण भएको जानकारीमा छ।

यस रानी झुला झोलुङ्गे पुल नगरपालिकाको पर्यटकिय सौन्दर्यता मात्र नभई आर्थिक आर्जनको पाटो पनि हुने मा कुनै दुईमत नहोला। नगरकोट को काखमा अवस्थित यस झोलुङ्गे पुलमा आजभोलि अरु दिनमा भन्दा शनिबार झन् धेरै आन्तरिक तथा बाहय पर्यटकको भीड लाग्ने गरेको स्थानीयहरु बताउँछन्।

Published Date: 10 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक