एपिएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसनबाट बच्यो

एपिएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसनबाट बच्यो : Icon Khabar

काठमाडौं, जेठ २६ । रेलिगेसन जोगाउन जित निकाल्दै पर्ने खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेपछि फ्रेन्ड्स क्लब कुपन्डोल यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट बचेकाे छ ।

रेलिगेसनबाट बच्न जित निकाल्नै पर्ने लिगकाेअन्तिम खेलमा एपिएफलाई ४–० ले पराजित गर्दै फ्रेन्ड्सको रेलिगेसन बचेको हो । फ्रेन्ड्सको सहज जितमा टोरिक जेब्रिन, विकास थापा र रफिक अमिनुले गोल गरे । फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्दै जित पक्का गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको १५औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्सबाहिर रफिक अमिनुलाई एडमा डोम्वियाले फउल गरेपछि प्राप्त फ्रिकिकमा टोरिकले सहज गोल गर्न सफल भए ।

२६औं मिनेटमा अर्मान्ड विडोङमा हेडर पोस्ट नजिकैबाट बाहिरिदा एपिएफ बराबरीबाट चुक्यो । ३१औं मिनेटमा बिकास थापाले गोल गर्दै फ्रेन्ड्सको अग्रत दोब्बर पारे ।

रुपेश केसीको लामो पासलाई विकासले अफसाइड बिट ट्याप गर्दै नियन्त्रणमा लिदै गरेको प्रहारले जाली चुम्यो । ५२औं मिनेटमा टोरिक जेब्रिनको पासमा रफिक अमिनुको वान भर्सेस वानको प्रहारलाई एपिएफका गोलरक्षक राजु योगीले विफल पारे ।

७१औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सहज जिततर्फ अघि बढाए । उनले टोरिक जेब्रिनकै पासमा गरेको प्रहारले क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।

७७औं मिनेटमा युवराज खड्काले सुवर्ण अवसर पाएपनि गोल गर्न नसक्दा एपिएफ अग्रता कम गर्नबाट चुक्यो । ८२औं मिनेटमा एखरोरबेकले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को सानदार जित दिलाए ।

यस जितसँगै रेलिगेसन बचेको फ्रेन्ड्सको २६ खेलबाट ३० अंक पुगेको छ । पराजित एपिएफलाई भने रेलिगेसनको खतरा कायम छ । समान ३० अंक नै रहेपनि एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ । अंक तालिकामा एपिएफ १२ औं स्थानमा रहेपनि एक अंक कम रहेको थ्री स्टारले अन्तिम दिन जावलाखेलसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला