एपिएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसनबाट बच्यो

एपिएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसनबाट बच्यो : Icon Khabar

काठमाडौं, जेठ २६ । रेलिगेसन जोगाउन जित निकाल्दै पर्ने खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेपछि फ्रेन्ड्स क्लब कुपन्डोल यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट बचेकाे छ ।

रेलिगेसनबाट बच्न जित निकाल्नै पर्ने लिगकाेअन्तिम खेलमा एपिएफलाई ४–० ले पराजित गर्दै फ्रेन्ड्सको रेलिगेसन बचेको हो । फ्रेन्ड्सको सहज जितमा टोरिक जेब्रिन, विकास थापा र रफिक अमिनुले गोल गरे । फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्दै जित पक्का गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको १५औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्सबाहिर रफिक अमिनुलाई एडमा डोम्वियाले फउल गरेपछि प्राप्त फ्रिकिकमा टोरिकले सहज गोल गर्न सफल भए ।

२६औं मिनेटमा अर्मान्ड विडोङमा हेडर पोस्ट नजिकैबाट बाहिरिदा एपिएफ बराबरीबाट चुक्यो । ३१औं मिनेटमा बिकास थापाले गोल गर्दै फ्रेन्ड्सको अग्रत दोब्बर पारे ।

रुपेश केसीको लामो पासलाई विकासले अफसाइड बिट ट्याप गर्दै नियन्त्रणमा लिदै गरेको प्रहारले जाली चुम्यो । ५२औं मिनेटमा टोरिक जेब्रिनको पासमा रफिक अमिनुको वान भर्सेस वानको प्रहारलाई एपिएफका गोलरक्षक राजु योगीले विफल पारे ।

७१औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सहज जिततर्फ अघि बढाए । उनले टोरिक जेब्रिनकै पासमा गरेको प्रहारले क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।

७७औं मिनेटमा युवराज खड्काले सुवर्ण अवसर पाएपनि गोल गर्न नसक्दा एपिएफ अग्रता कम गर्नबाट चुक्यो । ८२औं मिनेटमा एखरोरबेकले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को सानदार जित दिलाए ।

यस जितसँगै रेलिगेसन बचेको फ्रेन्ड्सको २६ खेलबाट ३० अंक पुगेको छ । पराजित एपिएफलाई भने रेलिगेसनको खतरा कायम छ । समान ३० अंक नै रहेपनि एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ । अंक तालिकामा एपिएफ १२ औं स्थानमा रहेपनि एक अंक कम रहेको थ्री स्टारले अन्तिम दिन जावलाखेलसँग खेल्दैछ ।

Published Date: 09 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास