जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै घोराही सिमेन्ट इण्डष्ट्री

जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै घोराही सिमेन्ट इण्डष्ट्री : Icon Khabar

काठमाडौं, जेठ २४ । घोराही सिमेन्ट इन्डस्ट्रीले ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ जेठ ३२ गतेदेखि जारी गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।

यस आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिन पाइनेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन पाउने छन्।

यस आईपीओमा लगानीकर्ता असार ४ गतेसम्म आवेदन दिन पाउने छन्।  तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार १४ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

Published Date: 07 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक