नेपालले मलेसियासँग खेल्दै

नेपाललाई मलेसियाको प्रतिस्पर्धात्मक लक्ष्य

नेपालले मलेसियासँग खेल्दै : Icon Khabar

काठमाडौं, जेठ १६ । घरेलु टोली मलेसियाले दोस्रो टि२० आई खेलमा नेपाललाई ९७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो ।

मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाइन् । मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंगम र वान जुलिया मान मोहम्मद रोस्दीले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

विनीफ्रेदलाई रविना क्षेत्री बेलबासेले २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड गरिन् । दोस्रो विकेटका लागि जुलिया र एलिसाले ३६ रनको साझेदारी गरेका थिए । जुलिया ३५ बलमा २० रनमा आउट भइन् ।

उनी इन्दु बर्माको बलमा सम्झना खड्काबाट क्याच आउट भइन् । रुविनाले नै एलिसालाई एलबीडब्लू आउट गरिन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा नटआउट रहिन् ।

नेपालको रुविना क्षेत्रीबेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 May 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित