स्पेनमा हुने पिकलबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडी सुवेदीलाई बिदाई

स्पेनमा हुने पिकलबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडी सुवेदीलाई बिदाई : Icon Khabar

काठमाडौँ, वैशाख २९ । मित्र राष्ट्र स्पेनको क्याडिज शहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ्ग ओपन–२०२३ पिकलबल प्रतियोगितामा सहभागी हुन जाने ज्याक्सन सुवेदीलाई आज एक कार्यक्रम विच नेपाल पिकल बल संघका अध्यक्ष श्री उमेश कुमार आचार्यले शुभकामना सहित नेपाली झण्डा प्रदान गरेर बिदाई गरे ।

बिदाई कार्यक्रममा संघका महासचिव रणविर सिंह क्षेत्री, कोषाध्यक्ष ज्ञानु गोपाल राना, सत्यनारायण मानन्धर, अनुप रत्न शाक्य, राधेश्याम मचामसीले पनि खादा माला लगाएर खेलाडीलाई बिदाई गरे ।

प्रतियोगिता यहि जेष्ठ ५ गते देखि ६ गते सम्म आयोजना हुनेछ । सवै उमेर समूहका ब्यक्तिहरुले खेल्न मिल्ने खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय रहेको छ । नेपालमा पनि यसको विभिन्न खेल भईसकेको र भारतमा आयोजना भएको प्रतियोगिताहरुमा पनि नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दै पदक हात पार्न सफल भईसकेका छन् ।

खेलाडी आईतबार स्पेन तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Published Date: 12 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास