स्पेनमा हुने पिकलबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडी सुवेदीलाई बिदाई

स्पेनमा हुने पिकलबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडी सुवेदीलाई बिदाई : Icon Khabar

काठमाडौँ, वैशाख २९ । मित्र राष्ट्र स्पेनको क्याडिज शहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ्ग ओपन–२०२३ पिकलबल प्रतियोगितामा सहभागी हुन जाने ज्याक्सन सुवेदीलाई आज एक कार्यक्रम विच नेपाल पिकल बल संघका अध्यक्ष श्री उमेश कुमार आचार्यले शुभकामना सहित नेपाली झण्डा प्रदान गरेर बिदाई गरे ।

बिदाई कार्यक्रममा संघका महासचिव रणविर सिंह क्षेत्री, कोषाध्यक्ष ज्ञानु गोपाल राना, सत्यनारायण मानन्धर, अनुप रत्न शाक्य, राधेश्याम मचामसीले पनि खादा माला लगाएर खेलाडीलाई बिदाई गरे ।

प्रतियोगिता यहि जेष्ठ ५ गते देखि ६ गते सम्म आयोजना हुनेछ । सवै उमेर समूहका ब्यक्तिहरुले खेल्न मिल्ने खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय रहेको छ । नेपालमा पनि यसको विभिन्न खेल भईसकेको र भारतमा आयोजना भएको प्रतियोगिताहरुमा पनि नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दै पदक हात पार्न सफल भईसकेका छन् ।

खेलाडी आईतबार स्पेन तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Published Date: 12 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक