गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकीको कथामा बनेको चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा

गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकीको कथामा बनेको चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा : Icon Khabar

काठमाडौ, वैशाख २९ । आजबाट अल नेपाल चचित्र ‘हल्कारा’ प्रदर्शनमा आएको छ ।

हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको सो चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना समेटिएको छ । निर्देशक विक्रम सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त छन् । उक्त चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन्।

यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार भएको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई जिजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गरेका हुन् ।

Published Date: 12 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक