फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शीर्षस्थानमा

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शीर्षस्थानमा : Icon Khabar

काठमाडौँ, वैशाख २८ । जावलाखेल युवा क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा फ्रेन्ड्स क्लबलाई ४-१ ले हराउँदै जावलाखेल शीर्ष स्थानमा फर्किएको हो । जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १-१ गोल गरे । फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले गोल फर्काए ।

जावलाखेलको १७ खेलमा ३० अंक छ । चर्च ब्वाइज समान ३० अंकमा भएपनि हेड टु हेड नतिजामा पछि छ । जावलाखेलले चर्च ब्वाइजलाई १-० ले हराएको थियो । फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११ अ‍ौं स्थानमा छ ।

२० अ‍ौं मिनेटमा जावलाखेलले अग्रता लियो । अब्दुलअजिज निशानबाएभको कर्नरमा भारतीय डिफेन्डर राहुल राहुलले हेडरमार्फत गोल गरे । त्यसको ६ मिनेटपछि नै अब्दुलअजिजले अर्को असिस्ट प्रदान गरे । उनको फ्रिकिकलाई एनकोटो मासोआबीले गोलको दिशा दिए।

५७ अ‍ौं मिनेटमा फ्रेन्ड्सका असिम भुषालको फ्रिकिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ६४ अ‍ौं मिनेटमा मासोआबीको पेनाल्टीमा जावलाखेलले ३-० को अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र एन्जल महर्जनले ह्यान्ड गरेपछि रेफ्री उमेश विदारीले पेनाल्टी दिए ।

७५ अ‍ौं मिनेटमा मासोआबीको ह्याट्रिकसामु गोलरक्षक राजाबाबु थापा बाधक बने । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार राजाबाबुले मुस्किलले बचाए । ८० अ‍ौं मिनेटमा श्याम बाबु क्यापछाकीले फ्रेन्ड्सका लागि गोल फर्काए ।

इन्ज्युरी समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेलको जित पक्का गरे । उनले मासोआबीको पासमा सुन्दर भलीमार्फत गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित