भुटानी शरणार्थी भनेर अमेरिका पठाउने ठगीमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ

भुटानी शरणार्थी भनेर अमेरिका पठाउने ठगीमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख २७ । भुटानी शरणार्थी भनेर अमेरिका पठाउने ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार काठमाडौंको बानेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

बिचौलियाको रुपमा र्‍याकेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको एसपी रेग्मीले बताए ।

उनीहरुविरुद्ध संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको समय दिइएको छ ।

यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकारका रुपमा कार्यरत इन्द्रजित राई, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । रायमाझी अहिले सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

हालसम्म नक्कली भुटानी शरणार्थी घोटालाका १ सय ६ पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरूले संयुक्त राज्य अमेरिका पठाउने झुटो आशा दिई बिचौलिया वा ठगीहरूले विभिन्न समयमा आफूहरूबाट २३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 May 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति