काठमाडौंमा मेलम्चीको पानी बन्द भएपछि धाप ड्यामको पानी वितरण

काठमाडौंमा मेलम्चीको पानी बन्द भएपछि धाप ड्यामको पानी वितरण : Icon Khabar
तस्बिर: सिमोन पौडेल

काठमाडौं, असार १२ । बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट काठमाडौं उपत्यकामा पानी वितरण गर्न थालिएको छ ।

सोमवारदेखि मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण बन्द भएपछि मंगलवारदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण गर्न थालिएको हो ।

बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भए अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका छन् ।

मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको प्रवक्ता राईको भनाइ छ ।

Published Date: 26 June 2024
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो