रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग

रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग : Icon Khabar

काठमाडौँ, भदौ १८ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली सेफ सोसाइटीले आर्थिक सहयोग गरेको छ।

नेपाली सेफ सोसाइटी केन्द्र तथा सोसाइटीका सदस्यहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सोसाइटीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम प्रदान गरेको जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्य जारी रहेका बेला सोसाइटीले मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै पीडित परिवारको राहतमा योगदान गरेको हो।

नेपाली सेफ सोसाइटीले विपद्मा परेका नागरिकको पीडामा साथ दिनु सबैको मानवीय दायित्व भएको बताएको छ। सोसाइटीका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सामूहिक सहयोग र सहकार्य आवश्यक छ।

“विपद्मा परेका नागरिकको पीडामा साथ दिनु नै हाम्रो मानवीय दायित्व हो,” नेपाली सेफ सोसाइटीले जनाएको छ।

सहयोग अभियानमा योगदान पुर्‍याउने सोसाइटीका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीहरूप्रति नेपाली सेफ सोसाइटीले आभार व्यक्त गरेको छ।

सोसाइटीले रसुवा बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारण सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत आग्रह गरेको छ।

Published Date: 03 September 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड