आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ १७ । आज २०८३ भदौ १७ गते बुधबार, तद्अनुसार २ सेप्टेम्बर २०८३ । आज भदौ कृष्ण षष्ठी, ध्रुव तैतिल भरणी, सूर्योदय बिहानः ०५ः४३ बजे, सूर्यास्त साँझः १८ः२४ बजे ।

आजको राशिफल

मेष राशि

कार्य क्षेत्रमा कामको गति तीव्र हुनेछ । कार्य सम्पादनको प्रशंसा हुनेछ । व्यवसायीका लागि व्यापारमा रोकिएको धन फिर्ता आउने योग छ । प्रेम सम्बन्धमा आपसी सामञ्जस्य राम्रो रहने छ । आर्थिक लाभ हुनेछ, तर हतारमा निर्णय नगर्नु होला । ताजगी र ऊर्जा कायम रहने छ ।

वृष राशि

कार्यालयमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । वरिष्ठको सहयोग मिल्ने छ । व्यवसायमा नयाँ लगानी गर्ने योजना सफल हुन सक्छ । प्रेम जीवनमा साना कुराले ठूलो रूप नलिऊन् भन्नेमा ध्यान दिनु होला । आम्दानी स्थिर रहने छ । अनावश्यक खर्च नियन्त्रणमा आउने छ ।

मिथुन राशि

कार्य क्षेत्रमा बौद्धिक काममा सफलता मिल्ने छ । सहकर्मीको सहयोग प्राप्त हुनेछ । व्यवसायीका लागि व्यावसायिक निर्णयबाट लाभ मिल्ने छ । नयाँ ग्राहक जोडिन सक्छन् । प्रेमीसँग रमाइलो समय बित्ने छ । रोकिएको धन प्राप्त हुने । आर्थिक पक्ष बलियो हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । योगलाई दैनिक जीवनको हिस्सा बनाउनु होला ।

कर्कट राशि

जागिरमा परिवर्तन अथवा नयाँ भूमिका प्राप्त हुने सम्भावना छ । व्यवसायमा स्थिरता कायम रहने छ, तर जोखिमपूर्ण कारोबारबाट बच्नु होला । जीवनसाथीसँग संवाद अझ राम्रो हुनेछ । आम्दानीका नयाँ स्रोतहरू देखा पर्न सक्छन् । मानसिक तनाव कम भई मन हलुका महसुस हुनेछ ।

सिंह राशि

जागिरमा तपाईँको काम र विचारको प्रशंसा हुनेछ । पद–प्रतिष्ठा बढ्ने छ । व्यवसायमा नयाँ काम थाल्न अथवा विस्तार गर्न दिन राम्रो छ । प्रेम सम्बन्धमा रहेको दूरी हट्ने छ । आकस्मिक लाभको योग छ । खर्च नियन्त्रण गर्न आवश्यक छ । टाउको दुख्ने वा आँखामा सामान्य थकान हुन सक्छ ।

कन्या राशि

कार्य क्षेत्रमा कामको चाप रहने छ, तर समयमै काम पूरा गर्न सफल हुनु हुनेछ । व्यवसायीले हिसाब–किताबमा विशेष सावधानी अपनाउनु होला । प्रेम सम्बन्धमा असमझदारीबाट बच्न स्पष्ट रूपमा कुराकानी गर्नु होला । धनको प्रवाह सामान्य रहने छ । बजेटअनुसार चल्नु राम्रो हुनेछ ।

तुला राशि

काममा नयाँ परियोजनाको अवसर प्राप्त हुन सक्छ । व्यवसायमा साझेदारीबाट लाभ मिल्ने छ । प्रेम जीवनमा मिठास बढ्ने छ । सँगै घुम्न जाने अवसर मिल्न सक्छ । आर्थिक अवस्था सुधार हुनेछ । लगानीबाट लाभ मिल्ने योग छ । जोर्नीको दुखाइबाट राहत मिल्ने छ । स्वास्थ्य राम्रो रहने छ ।

वृश्चिक राशि

जागिरमा वरिष्ठबाट पूर्ण सहयोग प्राप्त हुनेछ । रोकिएको काम अघि बढ्ने छ । व्यवसायमा बजारको अवस्था बुझेर मात्र नयाँ कारोबार गर्नु होला । प्रेम जीवनमा जीवनसाथीको पूर्ण सहयोग मिल्ने छ । आपसी विश्वास बढ्ने छ । खर्च नियन्त्रणमा राख्नु आवश्यक छ । रिस नियन्त्रण गर्न ध्यान तथा योग गर्न सक्नु हुनेछ ।

धनु राशि

कार्य क्षेत्रमा भाग्यले साथ दिनेछ । महत्वपूर्ण निर्णय लिनका लागि समय अनुकूल छ । व्यवसायमा ठूलो लाभ हुने सम्भावना छ । प्रेम सम्बन्धमा नयाँपन आउने छ । दिन यादगार बन्न सक्छ । आम्दानीका नयाँ बाटाहरू खुल्ने छन् । स्वास्थ्य उत्तम रहने छ । ऊर्जा उच्च रहने छ ।

मकर राशि

कार्य क्षेत्रमा शान्त भएर काम गर्नु होला । विवादबाट टाढा रहनु होला । व्यवसायमा लेनदेन गर्दा लिखित कागजात अवश्य राख्नु होला । प्रेमी प्रेमिकाले तपाईँको कुरा बुझ्नेछन् । आर्थिक योजना बनाएर अघि बढ्नु होला । अचानक खर्च बढ्न सक्छ। ढाड वा कम्मर दुख्ने समस्या हुन सक्छ ।

कुम्भ राशि

कार्य क्षेत्रमा नयाँ विचार र योजनाका साथ काम थाल्दा सफलता मिल्ने छ । व्यवसायमा नयाँ सम्झौता हुन सक्छन् । प्रेम जीवनमा आपसी सामञ्जस्य कायम रहने छ । आर्थिक समस्या कम हुनेछ । वचत बढ्ने छ । दिनभर ताजगी महसुस हुनेछ । स्वास्थ्य राम्रो रहने छ ।

मीन राशि

कार्य क्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । पदोन्नतिको संकेत देखिन्छ । व्यावसायिक प्रतिष्ठा बढ्ने छ । राम्रो मुनाफा प्राप्त हुनेछ । जीवनसाथीसँगको सम्बन्ध अझ गहिरो हुनेछ । आर्थिक अवस्था निकै बलियो रहने छ । स्वास्थ्यका लागि खानपानमा लापरवाही नगर्नु होला ।

Published Date: 02 September 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड