मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ १७ । लगातार ६ दिन घटेर सातौं दिन सेयरबजार परिसूचक नेप्से बढेको छ । आज नेप्से ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको हो । आज सेयरबजारमा ३४१ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १८१ कम्पनीका सेयरमूल्य बढेका छन् भने ८४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । बाह्र कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् ।

आज कुल ७६ लाख १३ हजार ६८१ कित्ता सेयर ४८ हजार ३४१ कारोबारबाट २ अर्ब ९० करोड ६९ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा २०.३३ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक मात्रै घटेको छ । अरु सबै समूहका परिसूचक बढेका छन् ।

सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक १.०१ प्रतिशतले बढेको छ । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड, एमवीएल इक्वीटी फण्ड, इमर्जिङ नेपाल लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी तथा मेन्छियाम हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने उपकार लघुवित्त वित्तीय संस्था, घोराही सिमेन्ट इन्ड्रष्टीज, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी तथा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किमका सेयरधनी रहेका छन् ।

Published Date: 01 September 2026












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड