यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ

यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ : Icon Khabar

काठमाडौँ, साउन ६ । थाइराइड आफैमा रोग नभई यो हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो। जसलाई थाइराइड ग्रन्थी भनिन्छ। यो हाम्रो घाँटीमा पुतली आकारमा बसेको हुन्छ।

थाइराइड ग्रन्थीमा कारणवश हर्मोन कम उत्पादन भयो वा बढी उत्पादन गर्यो वा अन्य केही समस्या भएमा त्यसलाई थाइराइड रोग हुन्छ।

उनका अनुसार थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ किनभने हर्मोनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ।

हर्मोनको कमी भएमा वा हर्मोन बढी भएमा थाइराइड हुने गर्छ।

हर्मोन कमीले थाइराइड भएको कसरी थाहा पाउने ?

तौल बढ्नु
खानपान सामान्य भए पनि शरीर अप्रत्याशित रूपमा मोटाउँदै जानु।

थकान र आलस्य
जतिबेला पनि अत्यधिक थकान, कमजोरी र निन्द्रा लाग्नु।

चिसो सहनै नसक्नु
अरूलाई भन्दा बढी जाडो महसुस हुनु।

कब्जियत
पेट सफा नहुने वा दिसा कडा हुने समस्या हुनु।

कपाल र छाला
कपाल अत्यधिक झर्नु र छाला फुस्रो वा सुख्खा हुनु।

हर्मोन बढी भएर हुने थाइराइड भएको कसरी थाहा पाउने 

तौल घट्नु
भोक धेरै लाग्ने र धेरै खाए पनि तौल लगातार घट्दै जानु।

गर्मी र पसिना
अत्यधिक गर्मी महसुस हुनु र धेरै पसिना आउनु।

मुटुको धड्कन
मुटुको गति निकै तीव्र हुनु वा धड्कन बढेको महसुस हुनु।

हातखुट्टा काँप्नु
सामान्य अवस्थामा पनि हात वा औंलाहरू काँप्नु।

चिडचिडापन
विनाकारण रिस उठ्नु, छटपटी हुनु र निन्द्रा नलाग्नु।

Published Date: 22 July 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?