बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ५ । लगातार ६ दिनसम्म बढेको सेयरबजार सातौं दिन बुधबार भने ओरालो लागेको छ । बुधबार सेयरबजार परिसूचक नेप्से १३.९५ अंकले घटेर २ हजार ७१२.५४ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा समेत गिरावट आएको छ ।

आज सेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ७७ कम्पनीका सेयरमूल्य बढेका छन् भने १९३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर ५६ हजार ९४ कारोबारबाट ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम मंगलबारको तुलनामा २२ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वित्त र उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक मात्रै सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २.६० प्रतिशतले घटेको छ ।

एभरेष्ट कलर लिमिटेड, बुङगल हाइड्रो लिमिटेड तथा साल्पा विकास बैंकका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनसीसी डिवेञ्चर, नेपाल इन्भेष्मेन्ट बैंकका डिवेञ्चर तथा गार्डियन माइक्रो लाईफ इन्सुरेन्सका सेयरधनी रहेका छन् ।

आज सेयर संख्या र कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ११ लाख ७ हजार ४४७ कित्ता सेयर ४२ करोड ३१ लाख रुपैयाँमा किनबेच भएको छ ।

Published Date: 22 July 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?