बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ५ । लगातार ६ दिनसम्म बढेको सेयरबजार सातौं दिन बुधबार भने ओरालो लागेको छ । बुधबार सेयरबजार परिसूचक नेप्से १३.९५ अंकले घटेर २ हजार ७१२.५४ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा समेत गिरावट आएको छ ।

आज सेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ७७ कम्पनीका सेयरमूल्य बढेका छन् भने १९३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर ५६ हजार ९४ कारोबारबाट ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम मंगलबारको तुलनामा २२ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वित्त र उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक मात्रै सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २.६० प्रतिशतले घटेको छ ।

एभरेष्ट कलर लिमिटेड, बुङगल हाइड्रो लिमिटेड तथा साल्पा विकास बैंकका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनसीसी डिवेञ्चर, नेपाल इन्भेष्मेन्ट बैंकका डिवेञ्चर तथा गार्डियन माइक्रो लाईफ इन्सुरेन्सका सेयरधनी रहेका छन् ।

आज सेयर संख्या र कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ११ लाख ७ हजार ४४७ कित्ता सेयर ४२ करोड ३१ लाख रुपैयाँमा किनबेच भएको छ ।

Published Date: 22 July 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड