सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो : Icon Khabar

काठमाडौ, साउन ४ । आज सेयरबजार परिसूचक नेप्से ४१.७० अंकले बढेर २ हजार ७१९.२४ विन्दुमा कायम भएको हो । आजको वृद्धिपछि नेप्से असार १ यताकै उच्च विन्दुमा पुगेको हो ।

असार एक गते नेप्से २७११.७६ विन्दुमा थियो । त्यसयता नेप्सेले यो विन्दु पार गर्न सकेको थिएन । सेयरबजारमा बढ्दो निराशाप्रति चासो राख्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल धितोपत्र बोर्ड, नेप्से, ब्रोकर, लगानीकर्ता संघ लगायतका प्रमुख तथा प्रतिनिधिसंग छलफल गरेका थिए ।

आज सेयरबजारमा ३४३ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २३९ कम्पनीका सेयरमूल्य बढेका छन् भने ३२ कम्पनीका सेयरमूलयमा गिरावट आएको छ । आज कुल १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ५ अर्ब ५१ करोड २६ लाख ८९ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम शुक्रबारको तुलनामा २०.४९ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत समूहका समूहगत परिसूचकमा म्युचुअल फण्ड समूहको परिसूचक मात्रै ओरालो लागेको छ । बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै उत्पादनशील तथा प्रशोधन समूहको परिसुचक ३.२१ प्रतिशतले बढेको छ ।

एभरेष्ट कलर लिमिटेड, रिज लाईन इनर्जी लिमिटेड तथा श्रीनगर एग्रीटेक इन्ड्रष्टीजका सेयरधनीले सबैभन्दा बढी कमाउका छन् । सबैभन्दा बढी गुमाउनेमा भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक तथा लक्ष्मी उन्नति कोषका सेयरधनी रहेका छन् ।

Published Date: 20 July 2026


ताजा
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग
एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क