भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु

भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु : Icon Khabar

भक्तपुर, साउन ४ । भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु भएको छ । दोलखाको भीमेश्वर-९ खरीढुंगा घर भई हाल चाँगुनारायण -९ टेडोल बस्ने १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको खुलेको छ।

उनी सोमबार बिहान करिब साढे ३ बजे गेष्टहाउस पछाडि लडिरहेको अवस्थामा फेला परेकी थिइन्। खबर प्राप्त हुनसाथ प्रहरी प्रभाग दुधपाटीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले भक्तपुर अस्पताल पुर्‍याएको र उपचारका क्रममा चिकित्सकले बिहान ३:५० बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

गेष्ट हाउसका अनुसार आइतबार राति करिब १० बजेति उनीसहित पाँचजना आएका थिए । दुईवटा कोठा लिएर बसेका उनीहरूले मदिरा सेवन गरेका र कोठामा होहल्ला समेत गरेका थिए।

उनी सँगै बसेका दुईजना पुरुष र दुईजना महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धानका भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । पक्राउ परेका सबै २३ वर्ष मुनीका युवा छन् ।

उनीहरूले ग्यादरिङ गरेका र राति कतिबेला सलिना झ्यालबाट तल खसिन भन्ने समेत थाहा नपाएको बयान दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रहरी नायव उपरीक्षक कार्कीले बताए अनुसार शव भक्तपुर अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ र रिपोर्टले अनुसन्धान अघि बढाउन थप मद्दत गर्ने उनले बताएका छन् ।

Published Date: 20 July 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क