सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने

सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने : Icon Khabar

काठमाडौँ, साउन ४ । सरकारले सार्वजनिक बिदाको संख्या र प्रकृतिसमेत पुनरावलोकन गर्ने भएको छ। निर्णयपत्रमा हाल शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपछि साविकमा कायम अन्य सार्वजनिक बिदालाई पुनरावलोकन गर्न आवश्यक देखिएको उल्लेख गरिएको छ।

सार्वजनिक बिदा पुनरावलोकनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिनेछ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।

उक्त कार्यदलले सार्वजनिक बिदासम्बन्धी अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्ने निर्णय गरिएको छ।

Published Date: 20 July 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड