सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने

सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने : Icon Khabar

काठमाडौँ, साउन ४ । सरकारले सार्वजनिक बिदाको संख्या र प्रकृतिसमेत पुनरावलोकन गर्ने भएको छ। निर्णयपत्रमा हाल शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपछि साविकमा कायम अन्य सार्वजनिक बिदालाई पुनरावलोकन गर्न आवश्यक देखिएको उल्लेख गरिएको छ।

सार्वजनिक बिदा पुनरावलोकनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिनेछ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।

उक्त कार्यदलले सार्वजनिक बिदासम्बन्धी अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्ने निर्णय गरिएको छ।

Published Date: 20 July 2026


ताजा
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग
एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क