झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने

झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने : Icon Khabar

भक्तपुर, साउन ४ । भक्तपुरका विभिन्न क्षेत्रमा पछिल्लो समय बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुन थालेपछि स्थानीय बासिन्दा आजित बनेका छन्। दिनमै पटक–पटक बत्ती जाने र केही समयपछि पुनः आउने समस्या दोहोरिरहँदा दैनिक जनजीवन, व्यवसाय, अध्ययन तथा कार्यालयका कामसमेत प्रभावित भएका छन्।

विद्युत् आपूर्ति अवरुद्ध हुनुको वास्तविक कारणबारे जानकारी लिन सर्वसाधारणले नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रको ‘नो लाइट’ टेलिफोन नम्बर ०१–६६१००६५ मा पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि फोन नलाग्ने गुनासो गरेका छन्।

यता, कार्यालयसँग सम्पर्क भएका केही सेवाग्राहीलाई पनि विद्युत् अवरुद्ध हुनुको स्पष्ट कारणबारे जानकारी दिन नसकिएको बताइएको छ। कार्यालय स्रोतका अनुसार उच्च भोल्टेज (हाइ टेन्सन) प्रसारण लाइनको तार चुडिएको हो, पोल ढलेको हो, फ़िडर नलागेको हो वा अन्य कुनै प्राविधिक समस्या हो भन्ने विषय तत्काल यकिन हुन नसकेको जनाइएको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुनुको कारणबारे समयमै स्पष्ट सूचना नपाउँदा सेवाग्राहीमा अन्योल र असन्तुष्टि बढ्दै गएको छ। स्थानीयले विद्युत् अवरुद्ध हुँदा यसको कारण, प्रभावित क्षेत्र तथा पुनः आपूर्ति हुने अनुमानित समयबारे आधिकारिक सूचना सामाजिक सञ्जाल, वेबसाइट वा अन्य माध्यमबाट नियमित रूपमा सार्वजनिक गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन्।

स्थानीयवासीले सेवा प्रवाहसँगै गुनासो सुनुवाइ प्रणालीलाई पनि प्रभावकारी बनाउन, ‘नो लाइट’ सम्पर्क नम्बर सधैं सञ्चालनमा राख्न तथा विद्युत् अवरुद्धका घटनाबारे पारदर्शी सूचना प्रवाह गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Published Date: 20 July 2026
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय