भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी आन्दोलन, सेवा विनियमावली तत्काल पारित गर्न माग

भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी आन्दोलन, सेवा विनियमावली तत्काल पारित गर्न माग : Icon Khabar

भक्तपुर, साउन ४ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले सेवा तथा शर्तसम्बन्धी विनियमावली–२०८३ तत्काल पारित गरी कार्यान्वयनमा ल्याउन माग गर्दै आन्दोलन सुरु गरेका छन्।

लामो समयदेखि विनियमावली पारित नहुँदा कर्मचारीहरूको सेवा–सुविधा, वृत्तिविकास तथा रोजगारीको सुनिश्चिततामा अन्योल सिर्जना भएको भन्दै उनीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। यही मागलाई अघि सार्दै कर्मचारीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेका हुन्।

कर्मचारीहरूका अनुसार सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश संशोधन गरेसँगै कर्मचारीहरूको वृत्तिविकास तथा स्थायी व्यवस्थापनका लागि आवश्यक सेवा विनियमावली निर्माणको कानुनी आधार तयार भएको थियो। तर पर्याप्त समय बितिसक्दा पनि विनियमावली पारित हुन नसकेकाले कर्मचारीहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।

कर्मचारीहरूले आफ्ना जायज मागहरू यथाशीघ्र सम्बोधन गरी विनियमावली पारित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। मागप्रति बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाइने चेतावनी समेत कर्मचारीहरूले दिएका छन्।

Published Date: 20 July 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड