भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी आन्दोलन, सेवा विनियमावली तत्काल पारित गर्न माग

भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी आन्दोलन, सेवा विनियमावली तत्काल पारित गर्न माग : Icon Khabar

भक्तपुर, साउन ४ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले सेवा तथा शर्तसम्बन्धी विनियमावली–२०८३ तत्काल पारित गरी कार्यान्वयनमा ल्याउन माग गर्दै आन्दोलन सुरु गरेका छन्।

लामो समयदेखि विनियमावली पारित नहुँदा कर्मचारीहरूको सेवा–सुविधा, वृत्तिविकास तथा रोजगारीको सुनिश्चिततामा अन्योल सिर्जना भएको भन्दै उनीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। यही मागलाई अघि सार्दै कर्मचारीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेका हुन्।

कर्मचारीहरूका अनुसार सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश संशोधन गरेसँगै कर्मचारीहरूको वृत्तिविकास तथा स्थायी व्यवस्थापनका लागि आवश्यक सेवा विनियमावली निर्माणको कानुनी आधार तयार भएको थियो। तर पर्याप्त समय बितिसक्दा पनि विनियमावली पारित हुन नसकेकाले कर्मचारीहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।

कर्मचारीहरूले आफ्ना जायज मागहरू यथाशीघ्र सम्बोधन गरी विनियमावली पारित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। मागप्रति बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाइने चेतावनी समेत कर्मचारीहरूले दिएका छन्।

Published Date: 20 July 2026


ताजा
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग
एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क