भक्तपुरमा धार्मिक उल्लास : शिलु महादेवको वर्षौंदेखि बन्द मूलढोका आजदेखि खुला

भक्तपुरमा धार्मिक उल्लास : शिलु महादेवको वर्षौंदेखि बन्द मूलढोका आजदेखि खुला : Icon Khabar
तस्बिर: किंवदन्तीमा भक्तपुर

भक्तपुर, साउन ४ । साउन महिनाको पहिलो सोमबारदेखि भक्तपुरस्थित ऐतिहासिक शिलु महादेव मन्दिरको वर्षौंदेखि बन्द रहेको मूलढोका सर्वसाधारण भक्तजनका लागि खुला गरिएको छ।

साउन महिनामा भगवान् शिवप्रति आस्था राख्ने भक्तजनहरूको सहज दर्शन तथा पूजा–आराधनालाई मध्यनजर गर्दै लायकुका स्थानीयको समन्वयमा भक्तपुर नगरपालिका वडा नं २ को पहलमा मन्दिरको मूलढोका आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

साउन महिनाभर प्रत्येक सोमबार भक्तजनहरूले प्रत्यक्ष रूपमा शिलु महादेवको दर्शन, जलाभिषेक तथा पूजा–आराधना गर्न सक्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ।

यस विशेष व्यवस्थापनका लागि आवश्यक सहजीकरण गरेकोमा भक्तपुर नगरपालिका वडा नं. २ प्रति लायकु सम्पदा संरक्षण समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

समितिले सम्पूर्ण शिवभक्त तथा श्रद्धालुहरूलाई साउन महिनाका प्रत्येक सोमबार शिलु महादेव मन्दिरमा उपस्थित भई भगवान् शिलु महादेवको दर्शन तथा पूजा–आराधना गरी पुण्य लाभ लिन आग्रह गरेको छ।

साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष महत्व बोकेको महिना भएकाले शिलु महादेव मन्दिरमा सोमबारका दिन उल्लेख्य संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। वर्षौंदेखि बन्द रहेको मूलढोका पुनः सर्वसाधारणका लागि खुला गरिनु धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Published Date: 20 July 2026
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय