काठमाडौँ, जेठ २० । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा लिइएको छ। कास्की–मुस्ताङ सडक खण्डमा गरिएको विशेष सुरक्षा जाँच अभियानका क्रममा बुधबार रातीदेखि बिहीबार बिहानसम्म करिब ७७५ वटा सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
सुरक्षा निकायका अनुसार नम्बर प्लेटसमेत नराखिएका ती सवारीसाधन विभिन्न जिल्लातर्फ लैजाने क्रममा रोकिएका हुन्। नियन्त्रणमा लिइएका सबै सवारी साधनलाई आवश्यक प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
बजेट वक्तव्यअघि विद्युतीय सवारीमा कर दर परिवर्तन हुने सूचना बाहिरिएको आशंकामा केही आयातकर्ताहरूले नियमभन्दा अघि नै ठूलो परिमाणमा सवारी भित्र्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
Published Date: 04 June 2026