कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा

कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा : Icon Khabar

काठमाडौँ, जेठ २० । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा लिइएको छ। कास्की–मुस्ताङ सडक खण्डमा गरिएको विशेष सुरक्षा जाँच अभियानका क्रममा बुधबार रातीदेखि बिहीबार बिहानसम्म करिब ७७५ वटा सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

सुरक्षा निकायका अनुसार नम्बर प्लेटसमेत नराखिएका ती सवारीसाधन विभिन्न जिल्लातर्फ लैजाने क्रममा रोकिएका हुन्। नियन्त्रणमा लिइएका सबै सवारी साधनलाई आवश्यक प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

बजेट वक्तव्यअघि विद्युतीय सवारीमा कर दर परिवर्तन हुने सूचना बाहिरिएको आशंकामा केही आयातकर्ताहरूले नियमभन्दा अघि नै ठूलो परिमाणमा सवारी भित्र्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

Published Date: 04 June 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने