नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट

नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट : Icon Khabar

काठमाडौँ, जेठ २१ । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ ।

बिहिबार सुनको मूल्य २ सय रुपैयाँले खस्किएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ११ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ११ हजार ३ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम छ ।

चाँदीको मूल्यको पनि आज घटेको छ । चाँदी ८५ रुपैयाँले सस्तिदै प्रतितोला ५ हजार २८५ रुपैयाँ कायम भएको छ ।

Published Date: 04 June 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने