नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट

नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट : Icon Khabar

काठमाडौँ, जेठ २१ । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ ।

बिहिबार सुनको मूल्य २ सय रुपैयाँले खस्किएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ११ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ११ हजार ३ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम छ ।

चाँदीको मूल्यको पनि आज घटेको छ । चाँदी ८५ रुपैयाँले सस्तिदै प्रतितोला ५ हजार २८५ रुपैयाँ कायम भएको छ ।

Published Date: 04 June 2026