मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १९ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार सुधारिएको छ । आज सेयरबजार परिसूचक नेप्से २२.२१ अंकले बढेर २ हजार ७७७.५८ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये १८४ कम्पनीका सेयरमूल्य बढेका छन् भने ७७ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा ६ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहमध्ये उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक मात्रै ओरालो लागेको छ । अरु बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै अन्य समूहका परिसूचक ३.८४ प्रतिशतले बढेको छ ।

कालिञ्चोक हाइड्रोपावर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी तथा केष्ट माइक्रोलाईफ इन्सुरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने नविल बैंकका डिवेञ्चरमा लगानीकर्ता, बुङगल हाइड्रो लिमिटेड तथा झापा इनर्जी लिमिटेडका सेयरधनी रहेका छन् ।

Published Date: 02 June 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने