मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १९ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार सुधारिएको छ । आज सेयरबजार परिसूचक नेप्से २२.२१ अंकले बढेर २ हजार ७७७.५८ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये १८४ कम्पनीका सेयरमूल्य बढेका छन् भने ७७ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा ६ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहमध्ये उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक मात्रै ओरालो लागेको छ । अरु बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै अन्य समूहका परिसूचक ३.८४ प्रतिशतले बढेको छ ।

कालिञ्चोक हाइड्रोपावर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी तथा केष्ट माइक्रोलाईफ इन्सुरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने नविल बैंकका डिवेञ्चरमा लगानीकर्ता, बुङगल हाइड्रो लिमिटेड तथा झापा इनर्जी लिमिटेडका सेयरधनी रहेका छन् ।

Published Date: 02 June 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय