काठमाडौँ, जेठ १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
सभामुख डिपी अर्यालले आजको कार्यसूचीका बुँदा नम्बर २ र ३ कार्यसूचीबाट हटाउँदै बैठक स्थगित गरेका हुन्।
सभामुख अर्यालका अनुसार अब अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्नेछ।
प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन वा तथ्य प्रमाण पेस गर्न माग गर्दै विपक्षीहरूले बैठक अवरोध गरेका थिए।
Published Date: 02 June 2026