मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १२ । आज सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से ९.२४ अंकले घटेर २ हजार ७७७.१० विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३४२ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ६९ कम्पनीका सेयरमूल्य सकारात्मक रहेका छन् भने १९० कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा १९ प्रतिशतले कमी हो । सेयरबजारमा सूचीकृत समूहमध्ये म्युचुअल फण्ड तथा निर्जीवन बीमा समूहको परिसूचक मात्रै सकारात्मक रहेका छन् ।

अरु बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै लगानी समूहको परिसूचक ०.६९ प्रतिशतले घटेको छ । कालिञ्चोक हाइड्रोपावर कम्पनी, खुतेली बरेखी स्मल हाइड्रोपावर कम्पनी तथा त्रिशुली जलविद्युत कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सुपर खुदी हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक तथा आत्मनिर्भर लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् ।

Published Date: 26 May 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने