मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १२ । आज सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से ९.२४ अंकले घटेर २ हजार ७७७.१० विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३४२ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ६९ कम्पनीका सेयरमूल्य सकारात्मक रहेका छन् भने १९० कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा १९ प्रतिशतले कमी हो । सेयरबजारमा सूचीकृत समूहमध्ये म्युचुअल फण्ड तथा निर्जीवन बीमा समूहको परिसूचक मात्रै सकारात्मक रहेका छन् ।

अरु बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै लगानी समूहको परिसूचक ०.६९ प्रतिशतले घटेको छ । कालिञ्चोक हाइड्रोपावर कम्पनी, खुतेली बरेखी स्मल हाइड्रोपावर कम्पनी तथा त्रिशुली जलविद्युत कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सुपर खुदी हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक तथा आत्मनिर्भर लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् ।

Published Date: 26 May 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय