इरान युद्धको असर: कन्डमको मूल्य ३०% भन्दा बढी बढ्ने सम्भावना

इरान युद्धको असर: कन्डमको मूल्य ३०% भन्दा बढी बढ्ने सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख ९ । विश्वकै ठूलो कन्डम उत्पादक कम्पनी कारेक्सले इरान युद्धका कारण कच्चा पदार्थको आपूर्ति अवरुद्ध हुँदा कन्डमको मूल्य ३० प्रतिशत वा त्यसभन्दा बढीले बढ्न सक्ने जनाएको छ।

कम्पनीका प्रमुख गो मीआ किअटका अनुसार युद्धपछि उत्पादन लागत र ढुवानी खर्च बढेको छ, जसले आपूर्ति प्रभावित बनाएको छ। स्ट्रेट अफ होर्मुज अवरुद्ध हुँदा तेल र पेट्रोकेमिकल आपूर्ति प्रभावित भएकाले कन्डम उत्पादनमा प्रयोग हुने सामग्रीको अभाव देखिएको छ।

कारेक्सले वार्षिक पाँच अर्बभन्दा बढी कन्डम उत्पादन गर्छ र ‘ड्यूरेक्स’ तथा ‘ट्रोजन’ जस्ता ब्रान्डलाई पनि आपूर्ति गर्छ। कम्पनीका अनुसार अनिश्चितताको समयमा कन्डमको माग झन्डै ३० प्रतिशतले बढेको छ।

Published Date: 22 April 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?