गहिरो निद्रा कसरी पाउने ?

गहिरो निद्रा कसरी पाउने ? : Icon Khabar

काठमाडौँ, वैशाख ९ । निद्रा मानव जीवनका लागि अति आवश्यक कुरा हो। जसरी स्वस्थ बन्नका लागि पोषिलो खानपान, व्यायाम र मानसिक सन्तुष्टि लगायतका कुराहरू आवश्यक पर्छन्, त्यसरी नै निद्रा पनि अत्यावश्यक छ।

निद्राले थकाइ घटाउने, मनलाई शान्त बनाउने, शरीरलाई पुनर्ताजगी प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गर्छ। साथै मानसिक कार्यक्षमता, जस्तै: स्मरण शक्ति, एकाग्रता, ध्यान र रचनात्मकतालाई बढावा दिन पनि निद्राको जरुरी हुन्छ।

उमेर अनुसार मानिसलाई निद्राको आवश्यकता पनि फरक-फरक हुने गर्छ। शारीरिक कार्यहरू जस्तै हर्मोनहरूको सन्तुलन, मुटु र रक्तसञ्चार स्वास्थ्यको सुदृढीकरण, मेटाबोलिज्म सुधार र तौल नियन्त्रण गर्ने, सौन्दर्यता बढाई छालामा चमक ल्याउने जस्ता अनेकौँ कार्य निद्राले गर्ने वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा. हेमराज कोइराला बताउँछन्।

कसलाई दैनिक कति निद्राको आवश्यकता पर्छ ?
सामान्यतया वयस्कहरूका लागि दैनिक ७ देखि ८ घण्टा गुणस्तरीय निद्रा आवश्यक मानिन्छ। स्वस्थ जीवनशैलीका लागि यो समय शरीरलाई आराम दिन र मस्तिष्क सक्रिय राख्न जरुरी छ। उमेर अनुसार निद्राको आवश्यकता फरक पर्छ; नवजात शिशुलाई १४–१७ घण्टा, बालबालिकालाई ९–१२ घण्टा र वृद्धवृद्धालाई ७–८ घण्टा निद्रा आवश्यक हुन सक्छ।

उमेर अनुसार आवश्यक निद्रा:

नवजात शिशु (०–३ महिना): १४ देखि १७ घण्टा

शिशु (४–१२ महिना): १२ देखि १६ घण्टा

बालबालिका (१–५ वर्ष): १० देखि १४ घण्टा

विद्यालय जाने उमेर (६–१३ वर्ष): ९ देखि १२ घण्टा

किशोरकिशोरी (१४–१७ वर्ष): ८ देखि १० घण्टा

वयस्क (१८–६४ वर्ष): ७ देखि ९ घण्टा

वृद्धवृद्धा (६५+ वर्ष): ७ देखि ८ घण्टा

गहिरो निद्राका लागि टिप्स:
सुत्ने र उठ्ने निश्चित समय बनाउनुहोस्।

सुत्नुअघि मोबाइल वा टिभी नहेर्नुहोस्।

कोठा शान्त, अध्याँरो र आरामदायी बनाउनुहोस्।

नियमित व्यायाम गर्नुहोस्।

Published Date: 22 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने