गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग : Icon Khabar

काठमाडौं, वैशाख ९ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो शेयरसम्बन्धी विषयमा पछिल्ला दिनहरूमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारी वहन गर्दै पद त्याग गरेको बताएका छन्।

गुरुङले बुधबार जारी गरेको वक्तव्यमा पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास नै नेतृत्वको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेका छन्। उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफ्नो निर्णय आएको बताएका छन्।

उनले भने, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै conflict of interest नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”

गुरुङले आफूले नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै अब सबै पक्षले सत्य, इमानदारी र आत्मशुद्धिको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन्। साथै, उनले सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूलाई वास्तविक परिवर्तनका लागि जिम्मेवार बन्न आह्वान गरेका छन्।

उनको राजीनामापछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ भने अब सरकारको आगामी कदम के हुने भन्ने विषयमा चासो बढेको छ।

Published Date: 22 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने