सामाजिक सुरक्षा कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म घर किन्न ऋण दिने

सामाजिक सुरक्षा कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म घर किन्न ऋण दिने : Icon Khabar

काठमाडौँ, वैशाख ९ । सामाजिक सुरक्षा कोषले घर किन्न दिने ऋणको सीमा बढाएको छ। कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म ऋण दिने भएको हो।

यसअघि कोषले यस्तो ऋण ७५ लाख रूपैयाँसम्म दिँदै आएको थियो। यही वैशाख ४ गतेबाट ऋण सीमा बढाएको हो। वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरेको हो।

योगदानकर्ताले धितो र मासिक किस्ता तिर्ने आफ्नो क्षमता अनुसार कर्जा लिन सक्ने उल्लेख गरिएको छ। कोषले योगदानकर्ताका लागि  घर सापटी, शैक्षिक सापटी,सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी गरी चार शीर्षकमा ऋण (सापटी) सुविधा दिँदै आएको छ।

Published Date: 22 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने