सामाजिक सुरक्षा कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म घर किन्न ऋण दिने

सामाजिक सुरक्षा कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म घर किन्न ऋण दिने : Icon Khabar

काठमाडौँ, वैशाख ९ । सामाजिक सुरक्षा कोषले घर किन्न दिने ऋणको सीमा बढाएको छ। कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म ऋण दिने भएको हो।

यसअघि कोषले यस्तो ऋण ७५ लाख रूपैयाँसम्म दिँदै आएको थियो। यही वैशाख ४ गतेबाट ऋण सीमा बढाएको हो। वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरेको हो।

योगदानकर्ताले धितो र मासिक किस्ता तिर्ने आफ्नो क्षमता अनुसार कर्जा लिन सक्ने उल्लेख गरिएको छ। कोषले योगदानकर्ताका लागि  घर सापटी, शैक्षिक सापटी,सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी गरी चार शीर्षकमा ऋण (सापटी) सुविधा दिँदै आएको छ।

Published Date: 22 April 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?