अवैध रूपमा सञ्चालित सबै क्रसर उद्योग बन्द गर्न गृहमन्त्रीको निर्देशन

अवैध रूपमा सञ्चालित सबै क्रसर उद्योग बन्द गर्न गृहमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौँ, चैत २५ । गृहमन्त्री सुधन गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका छन्। मंगलबार काभ्रेको रोशी खोला पुगेका मन्त्री गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर बन्द गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

‘अवैध क्रसर उद्योग सबै तुरून्त बन्द गर्नू,’ उनले भनेका छन्, ‘नदीजन्य पदार्थ (ढुंगा, गिटी र बालुवा) अवैध रूपमा उत्खनन् गर्दा बाढी पहिरो गयो।’
२०८१ असोजमा रोशी खोलामा बाढी गएको थियो। त्यसले बिपी राजमार्गका करिब २५ किमी क्षति पुर्‍याएको थियो।

पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा क्रसर सञ्चालन गर्न दिएको र अब यस्तो नहुने पनि गृहमन्त्रीको भनाइ थियो।

Published Date: 08 April 2026
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय