मेटा र युट्युबलाई ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश

मेटा र युट्युबलाई ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश : Icon Khabar

काठमाडौं, चैत १२ । अमेरिकाको क्यालिफोर्निया राज्यको एक जूरीले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा र युट्युबलाई एक युवतीलाई जानीजानी लत लगाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ ।

मेटा र युट्युबले आफ्ना प्लेटफर्मका जोखिमहरूबारे प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको र त्यसबाट प्रयोगकर्तालाई गम्भीर क्षति पुगेको ठहर गरेको हो ।

सीएनएनका अनुसार यो मुद्दा २० वर्षीया क्यालिफोर्नियाकी एक युवती (काल्पनिक नाम ‘केली’) र उनकी आमाले दायर गरेका थिए । उनीहरूले मेटा, युट्युब, टिकटक र स्न्याप इन्कविरुद्ध मुद्दा हालेका थिए । मुद्दामा ती कम्पनीहरूले बाल्यकालदेखि नै उनलाई आकर्षित गर्दै लत लगाएको र त्यसका कारण चिन्ता, शरीरप्रति असन्तुष्टि र आत्महत्यासम्बन्धी सोच विकसित भएको आरोप लगाइएको थियो । सुनुवाइअघि टिकटक र स्न्यापले भने मुद्दा मिलाइसकेको समाचारमा उल्लेख छ ।

मेटा र युट्युबलाई भने जूरीले कुल ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । युट्युबलाई ९ लाख डलर र मेटालाई २१ लाख डलर जरिवाना तिर्न जुरीले आदेश दिएको सीएनएनको समाचारमा उल्लेख छ । जूरीले यस घटनामा मेटा ७० प्रतिशत र युट्युब ३० प्रतिशत जिम्मेवार रहेको ठहर गरेको छ ।

सात हप्तासम्म चलेको सुनुवाइपछि जूरीले आठ दिनभन्दा बढी छलफल गरेर निर्णय सुनाएको हो । अदालतमा केलीले सामाजिक सञ्जालको लतले अहिले पनि आफ्नो दैनिक जीवन प्रभावित गरिरहेको, कामको समयमा समेत लुकेर फोन चलाउन बाध्य हुने गरेको र फिल्टर प्रयोग गरेर आफ्नो स्वरूप परिवर्तन गर्न घण्टौं बिताउने गरेको बयान दिएकी थिइन् ।

Published Date: 26 March 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग