सुनको मूल्यमा ठूलो गिरावट: एकैदिन तोलामा ३,७०० रुपैयाँ घट्यो

सुनको मूल्यमा ठूलो गिरावट: एकैदिन तोलामा ३,७०० रुपैयाँ घट्यो : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार छापावाला सुन ३ लाख १६ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुन–चाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको छ।

Published Date: 09 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय