सुनको मूल्यमा ठूलो गिरावट: एकैदिन तोलामा ३,७०० रुपैयाँ घट्यो

सुनको मूल्यमा ठूलो गिरावट: एकैदिन तोलामा ३,७०० रुपैयाँ घट्यो : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार छापावाला सुन ३ लाख १६ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुन–चाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको छ।

Published Date: 09 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने