निर्वाचनपछि नेप्सेमा उत्साह: खुलेको १ मिनेटमै ४% उछाल, पहिलो सर्किट लागेर कारोबार २० मिनेट स्थगित

निर्वाचनपछि नेप्सेमा उत्साह: खुलेको १ मिनेटमै ४% उछाल, पहिलो सर्किट लागेर कारोबार २० मिनेट स्थगित : Icon Khabar

काठमाडौँ, फागुन २५ । निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजारमा तीव्र उत्साह देखिएको छ। बजार खुलेको मात्र १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै सेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो।

प्रि–ओपन सेसनमै १.६४ प्रतिशतले बढेको नेप्से बजार खुलेसँगै तीव्र गतिमा उकालो लागेको थियो। यसक्रममा सूचक १०८.६० अंकले बढेर २८२१.१० विन्दुमा पुगेपछि स्वचालित रूपमा पहिलो सर्किट ब्रेक लागेको हो।

सो अवधिसम्ममा २३१ वटा कम्पनीका सेयर १ हजार ६६९ पटक कारोबार भएका छन्। कुल १८ करोड ९६ लाख १२ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ।

पहिलो सर्किट ब्रेकपछि सेयर कारोबार २० मिनेटका लागि रोकिएको छ भने बजार पुनः बिहान ११ बजेर २१ मिनेटमा खुल्नेछ।

Published Date: 09 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने