निर्वाचनपछि नेप्सेमा उत्साह: खुलेको १ मिनेटमै ४% उछाल, पहिलो सर्किट लागेर कारोबार २० मिनेट स्थगित

निर्वाचनपछि नेप्सेमा उत्साह: खुलेको १ मिनेटमै ४% उछाल, पहिलो सर्किट लागेर कारोबार २० मिनेट स्थगित : Icon Khabar

काठमाडौँ, फागुन २५ । निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजारमा तीव्र उत्साह देखिएको छ। बजार खुलेको मात्र १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै सेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो।

प्रि–ओपन सेसनमै १.६४ प्रतिशतले बढेको नेप्से बजार खुलेसँगै तीव्र गतिमा उकालो लागेको थियो। यसक्रममा सूचक १०८.६० अंकले बढेर २८२१.१० विन्दुमा पुगेपछि स्वचालित रूपमा पहिलो सर्किट ब्रेक लागेको हो।

सो अवधिसम्ममा २३१ वटा कम्पनीका सेयर १ हजार ६६९ पटक कारोबार भएका छन्। कुल १८ करोड ९६ लाख १२ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ।

पहिलो सर्किट ब्रेकपछि सेयर कारोबार २० मिनेटका लागि रोकिएको छ भने बजार पुनः बिहान ११ बजेर २१ मिनेटमा खुल्नेछ।

Published Date: 09 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय