भक्तपुर–२ मा राजीव खत्री अग्रस्थानमा, महेश बस्नेत २०० मतले पछि

भक्तपुर–२ मा राजीव खत्री अग्रस्थानमा, महेश बस्नेत २०० मतले पछि : Icon Khabar

भक्तपुर, फागुन २२ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर क्षेत्र नं. २ मा मतगणना जारी रहँदा प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री १४०० मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई नेकपा (एमाले) का महेश बस्नेतले २०० मतान्तरले पछ्याइरहेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका कविर राणा १७१ मतसहित तेस्रो स्थानमा रहेका छन्। नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले १३८ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका उम्मेदवार जित राम लामाले हालसम्म ३७ मत प्राप्त गरेका छन्।

भक्तपुर–२ मा मतगणना जारी रहेको र आगामी परिणामले प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ।

Published Date: 06 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय