झापा–५ को प्रारम्भिक मतगणनामा बालेन्द्र शाहको सनसनीपूर्ण अग्रता, ओली दोस्रो स्थानमा

झापा–५ को प्रारम्भिक मतगणनामा बालेन्द्र शाहको सनसनीपूर्ण अग्रता, ओली दोस्रो स्थानमा : Icon Khabar

झापा, फागुन २२ । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएसँगै निर्वाचन परिणामले रोचक मोड लिएको छ। प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उल्लेखनीय अग्रता लिँदै प्रतिस्पर्धालाई थप चासोको विषय बनाएका छन्।

हालसम्म कुल १ हजार ४०० मत गणना हुँदा बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनलाई नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मतसहित पछ्याइरहेका छन्। प्रारम्भिक मतपरिणामले झापा–५ मा प्रतिस्पर्धा निकै रोचक बन्ने संकेत गरेको छ।

पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको झापा जिल्ला यसपटकको निर्वाचनको मुख्य केन्द्रका रूपमा हेरिएको छ। विशेषगरी झापा–५ मा शीर्ष राजनीतिक नेताबीचको प्रतिस्पर्धाका कारण देशभरकै ध्यान यहाँ केन्द्रित भएको छ। प्रारम्भिक परिणाम सार्वजनिक भएसँगै आगामी मतगणनाले थप चासो र उत्सुकता बढाएको छ।

Published Date: 06 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय