इरानमाथि भएको आक्रमणको नेमकिपाद्वारा निन्दा

इरानमाथि भएको आक्रमणको नेमकिपाद्वारा निन्दा : Icon Khabar

भक्तपुर, फागुन २१ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले इरानमाथि भएको सैन्य आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

पार्टीको केन्द्रीय समितिले जारी गरेको प्रेस वक्तव्यमा मध्यपूर्वको स्वतन्त्र र सार्वभौम देश इरान को राजधानी तेहरानमा भएको आक्रमणले विश्व शान्ति र स्थायित्वमा गम्भीर असर पार्ने उल्लेख गरिएको छ। वक्तव्यअनुसार उक्त आक्रमणमा इरानका केही उच्च नेतृत्व तथा नागरिकको ज्यान गएको र एक विद्यालयमा समेत बम आक्रमण हुँदा सयौँ विद्यार्थी प्रभावित भएको जनाइएको छ।

नेमकिपाले उक्त घटनाका लागि संयुक्त राज्य अमेरिका को प्रशासन तथा इजरायल सरकारलाई जिम्मेवार ठहर गर्दै यसले मध्यपूर्व मात्र नभई विश्वमै युद्ध र आतंकको खतरा बढाएको बताएको छ।

पार्टीले विगत लामो समयदेखि इरानमाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी र राजनीतिक दबाब अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको पनि जनाएको छ। स्वतन्त्र र सार्वभौम राष्ट्रमाथि हुने यस्ता हस्तक्षेपको विश्व समुदायले विरोध गर्नुपर्ने नेमकिपाको धारणा छ।

त्यस्तै, नेमकिपाले साना तथा स्वतन्त्र राष्ट्रहरूलाई साम्राज्यवादी हस्तक्षेपविरुद्ध एकजुट हुन आग्रह गर्दै युद्ध र तनाव बढाउने गतिविधि तुरुन्त रोक्न सम्बन्धित पक्षलाई अपिल गरेको छ।

पार्टीले विश्वशान्तिको पक्षमा भइरहेको जनआन्दोलनलाई समर्थन गर्दै समस्याको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ।

उक्त प्रेस वक्तव्यमा विश्वलाई द्वन्द्वतर्फ धकेल्ने गतिविधि अन्त्य गरी शान्तिपूर्ण उपायबाट समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराइएको छ।

Published Date: 05 March 2026








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ