भक्तपुरमा दिउँसो ३ बजेसम्म ५७.६६ प्रतिशत मतदान

भक्तपुरमा दिउँसो ३ बजेसम्म ५७.६६ प्रतिशत मतदान : Icon Khabar

भक्तपुर, फागुन २१ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर जिल्लामा दिउँसो ३ बजेसम्म कुल ५७.६६ प्रतिशत मतदान भएको छ।

भक्तपुर जिल्लामा रहेको क्षेत्र नम्बर १ मा दिउँसोसम्म ५९ हजार ६७४ मत खसेको छ, जुन कुल मतदाताको ५५.७४ प्रतिशत हो।

त्यसैगरी क्षेत्र नम्बर २ मा ५८ हजार ७८४ मत खसेको छ, जुन ५९.९९ प्रतिशत मतदान हो।

यसरी दुवै निर्वाचन क्षेत्रमा गरी जिल्लाभर कुल १ लाख १८ हजार ४५८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र मतदाताको सहभागिता उत्साहजनक रहेको बताइएको छ।

Published Date: 05 March 2026