भक्तपुरमा दिउँसो ३ बजेसम्म ५७.६६ प्रतिशत मतदान

भक्तपुरमा दिउँसो ३ बजेसम्म ५७.६६ प्रतिशत मतदान : Icon Khabar

भक्तपुर, फागुन २१ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर जिल्लामा दिउँसो ३ बजेसम्म कुल ५७.६६ प्रतिशत मतदान भएको छ।

भक्तपुर जिल्लामा रहेको क्षेत्र नम्बर १ मा दिउँसोसम्म ५९ हजार ६७४ मत खसेको छ, जुन कुल मतदाताको ५५.७४ प्रतिशत हो।

त्यसैगरी क्षेत्र नम्बर २ मा ५८ हजार ७८४ मत खसेको छ, जुन ५९.९९ प्रतिशत मतदान हो।

यसरी दुवै निर्वाचन क्षेत्रमा गरी जिल्लाभर कुल १ लाख १८ हजार ४५८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र मतदाताको सहभागिता उत्साहजनक रहेको बताइएको छ।

Published Date: 05 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने