मृत्यु भइसकेका मतदाताको नाम किन हटेन मतदाता नामावलीबाट ?

मृत्यु भइसकेका मतदाताको नाम किन हटेन मतदाता नामावलीबाट ? : Icon Khabar

भक्तपुर, फागुन २१ । मृत्यु दर्ता भइसकेका केही नागरिकको नाम अझै पनि मतदाता नामावलीमा रहेको विषयमा जिल्ला निर्वाचन कार्यालय भक्तपुरले देशभर देखिएको समस्या भएको जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरका अनुसार स्थानीय तहबाट समयमै विवरण अद्यावधिक नहुँदा मृत्यु भइसकेका मतदाताको नाम पनि मतदाता नामावलीमा कायम रहँदै आएको हो।

उनका अनुसार देशभरका स्थानीय तह—गाउँपालिका तथा नगरपालिकालाई पटक–पटक मृत्यु दर्ता भइसकेका नागरिकको विवरण अद्यावधिक गरी पठाउन आग्रह गरिएको भए पनि सो प्रक्रिया समयमै सम्पन्न नहुँदा यस्तो समस्या देखिएको बताए।

निर्वाचन कार्यालयले सम्बन्धित स्थानीय तहले नियमित रूपमा विवरण अद्यावधिक गरेमा आगामी दिनमा यस्ता समस्या समाधान हुने जनाएको छ।

Published Date: 05 March 2026








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ