मृत्यु भइसकेका मतदाताको नाम किन हटेन मतदाता नामावलीबाट ?

मृत्यु भइसकेका मतदाताको नाम किन हटेन मतदाता नामावलीबाट ? : Icon Khabar

भक्तपुर, फागुन २१ । मृत्यु दर्ता भइसकेका केही नागरिकको नाम अझै पनि मतदाता नामावलीमा रहेको विषयमा जिल्ला निर्वाचन कार्यालय भक्तपुरले देशभर देखिएको समस्या भएको जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरका अनुसार स्थानीय तहबाट समयमै विवरण अद्यावधिक नहुँदा मृत्यु भइसकेका मतदाताको नाम पनि मतदाता नामावलीमा कायम रहँदै आएको हो।

उनका अनुसार देशभरका स्थानीय तह—गाउँपालिका तथा नगरपालिकालाई पटक–पटक मृत्यु दर्ता भइसकेका नागरिकको विवरण अद्यावधिक गरी पठाउन आग्रह गरिएको भए पनि सो प्रक्रिया समयमै सम्पन्न नहुँदा यस्तो समस्या देखिएको बताए।

निर्वाचन कार्यालयले सम्बन्धित स्थानीय तहले नियमित रूपमा विवरण अद्यावधिक गरेमा आगामी दिनमा यस्ता समस्या समाधान हुने जनाएको छ।

Published Date: 05 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने