म्यानचेस्टर सिटी लिग कपको फाइनलमा

म्यानचेस्टर सिटी लिग कपको फाइनलमा : Icon Khabar

काठमाडौं, माघ २२ । म्यानचेस्टर सिटीले सेमिफाइनलको दोस्रो लेगमा न्युक्यासल युनाइटेडलाई ३-१ ले पराजित गर्दै लिग कप (काराबाओ कप) को फाइनलमा स्थान बनाएको छ।

दुई खेलको समग्र नतिजामा सिटी ५-१ ले विजयी भयो । एतिहाद स्टेडियममा भएको खेलमा ओमार मार्मुशले पहिलो २९ मिनेटभित्रै दुई गोल गरे। त्यसपछि तिज्जानी राइनडर्सले तेस्रो गोल थपे। दोस्रो हाफमा एन्थोनी एलाङ्गाले न्युक्यासलका लागि एक गोल फर्काए तर त्यो केवल सान्त्वना मात्र बन्यो।

पहिलो लेगमा २-० ले जितिसकेको सिटीले यो खेलमा केही मुख्य खेलाडीलाई आराम दिएको थियो। एर्लिङ हालान्ड पनि सुरुआती टोलीमा थिएनन्। तर त्यसका बाबजुद सिटीले सुरुआतदेखि नै उत्कृष्ट खेल देखायो।

खेलको सातौँ मिनेटमा मार्मुशको प्रहार डिफेन्समा लागेर गोलमा परिणत भयो। २९ औँ मिनेट नजिकिँदै गर्दा उनले हेडरमार्फत दोस्रो गोल गरे। त्यसको तीन मिनेटपछि राइनडर्सले काउन्टर एट्याकबाट गोल गर्दै खेल सिटीको पक्षमा पारे।

न्युकासलका एन्थोनी गोर्डन घाइते भएर बाहिरिएपछि टोली थप कमजोर बन्यो। ६२ औं मिनेटमा एलाङ्गाले व्यक्तिगत प्रयासबाट गोल गरे पनि थप गोल हुन सकेन।

यो जितसँगै सिटीले लिग कपको इतिहासमा १०औँ पटक फाइनलमा स्थान बनाएको छ। सिटीले अर्को महिना आर्सनलसँग फाइनल खेल्नेछ। सिटीले घरेलु मैदानमा न्युक्यासलविरुद्ध लगातार १२ खेल जितेको छ भने एतिहादमा पछिल्ला १९ मध्ये १८ खेलमा सफलता हासिल पारेको छ।

Published Date: 05 February 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी