बालेन आजै सडकमार्गबाट झापा जाने, र्‍याली गर्दै साँझ १० बजेसम्म दमक पुग्ने

बालेन आजै सडकमार्गबाट झापा जाने, र्‍याली गर्दै साँझ १० बजेसम्म दमक पुग्ने : Icon Khabar

काठमाडौँ, माघ ५  । रास्वपाका बरिष्ठ नेता बालेन शाह आजै झापा जाने भएका छन् । आज पार्टीले जनकपुरमा आयोजना गरेको सभालाई सम्बोधन गरेलगत्तै उनी झापा जान लागेका हुन् । भोलि उनले झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

बालेनले झापा ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्देछन् । ओली पनि उम्मेदवारी दर्ताका लागि आजै झापा पुगेका छन् । उनीहरू दुवैले दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेछन् ।

जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्‍याली सहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ। समर्थकहरूको र्‍यालीसहित शाह दमक पुग्दा राति करिब ९ देखि १० बज्ने अनुमान गरिएको छ।

Published Date: 19 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने