बालेन आजै सडकमार्गबाट झापा जाने, र्‍याली गर्दै साँझ १० बजेसम्म दमक पुग्ने

बालेन आजै सडकमार्गबाट झापा जाने, र्‍याली गर्दै साँझ १० बजेसम्म दमक पुग्ने : Icon Khabar

काठमाडौँ, माघ ५  । रास्वपाका बरिष्ठ नेता बालेन शाह आजै झापा जाने भएका छन् । आज पार्टीले जनकपुरमा आयोजना गरेको सभालाई सम्बोधन गरेलगत्तै उनी झापा जान लागेका हुन् । भोलि उनले झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

बालेनले झापा ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्देछन् । ओली पनि उम्मेदवारी दर्ताका लागि आजै झापा पुगेका छन् । उनीहरू दुवैले दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेछन् ।

जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्‍याली सहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ। समर्थकहरूको र्‍यालीसहित शाह दमक पुग्दा राति करिब ९ देखि १० बज्ने अनुमान गरिएको छ।

Published Date: 19 January 2026


ताजा
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?