बाबुराम भट्टराई आफ्नो पुरानो क्षेत्र गोरखाबाटै चुनाब लड्ने

बाबुराम भट्टराई आफ्नो पुरानो क्षेत्र गोरखाबाटै चुनाब लड्ने : Icon Khabar

काठमाडौँ, माघ ५ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले आफ्नो पुरानो निर्वाचन क्षेत्र गोरखा २ बाटै चुनाब लड्ने घोषणा गरेका छन् । गोरखा सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।

भट्टराईले मुलुक अहिले राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सुशासनको गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै यसको समधानका लागि वैकल्पिक र नीतिगत राजनीति आवश्याक भएको बतए । ‘पुरानो सत्ता केन्द्रित राजनीतिले देशलाई अगाडि बढाउन सकेन,’ डा. भट्टराईले भने, ‘अब विचार नीति र जनउत्तरदायी नेतृत्वको आवश्यताक छ, जसका लागि म गोरखा – २ बाट जनताको विश्वास लिएर संसदमा जान चाहन्छु ।’

भट्टराई २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्दबाट गोरखा – २ बाट निर्वाचित भएका थिए । २०७० र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समेत गोरखाबटै जितेका भट्टराईले २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्लाई आफ्नो क्षेत्र छोडिदिएका थिए ।

Published Date: 19 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने