बाबुराम भट्टराई आफ्नो पुरानो क्षेत्र गोरखाबाटै चुनाब लड्ने

बाबुराम भट्टराई आफ्नो पुरानो क्षेत्र गोरखाबाटै चुनाब लड्ने : Icon Khabar

काठमाडौँ, माघ ५ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले आफ्नो पुरानो निर्वाचन क्षेत्र गोरखा २ बाटै चुनाब लड्ने घोषणा गरेका छन् । गोरखा सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।

भट्टराईले मुलुक अहिले राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सुशासनको गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै यसको समधानका लागि वैकल्पिक र नीतिगत राजनीति आवश्याक भएको बतए । ‘पुरानो सत्ता केन्द्रित राजनीतिले देशलाई अगाडि बढाउन सकेन,’ डा. भट्टराईले भने, ‘अब विचार नीति र जनउत्तरदायी नेतृत्वको आवश्यताक छ, जसका लागि म गोरखा – २ बाट जनताको विश्वास लिएर संसदमा जान चाहन्छु ।’

भट्टराई २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्दबाट गोरखा – २ बाट निर्वाचित भएका थिए । २०७० र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समेत गोरखाबटै जितेका भट्टराईले २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्लाई आफ्नो क्षेत्र छोडिदिएका थिए ।

Published Date: 19 January 2026


ताजा
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?