आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज २८ । आज २०८२ असोज २८ गते मंगलबार, तद्अनुसार १४ अक्टोबर २०२५ । आज कार्तिक कृष्ण अष्टमी, शिव कौलव पुनर्वसु, भौमाष्टमी व्रत, गोरखकाली पूजा, राधाष्टमी व्रत, सूर्योदय बिहानः ०६ः०३ बजे, सूर्यास्त साँझः १७ः३६ बजे ।

आजको राशिफल

मेष: सामान्य प्रयासमै कार्य सिद्ध हुनेछ । लाभको अवसर हात लाग्ने छ । रोजगारीमा वृद्धि हुनेछ । मित्रहरूलाई सहयोग गर्न सक्नु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । व्यापार लाभदायक रहने छ । सेयर बजारमा सोचविचार गरेर लगानी गर्नु होला ।
शुभ रंगः हरियो, शुभ अंकः २

वृष राशि: दुष्ट व्यक्तिहरूप्रति सचेत रहनु होला, हानि पुर्‍याउन सक्छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । जोखिम उठाउने साहस हुनेछ । आम्दानी भैरहने छ । दाजुभाइको सहयोग पाइने छ । लगानी लाभदायक हुनेछ । विवेक प्रयोग गर्दा लाभ हुनेछ ।
शुभ रंगः सेतो, शुभ अंकः २

मिथुन राशि: हतारमा कुनै पनि लेनदेन नगर्नु होला । स्वास्थ्यप्रति ध्यान दिनु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ मिल्न सक्छ । व्यापारमा वृद्धि हुने योग छ । खुशीको वातावरण रहने छ ।
शुभ रंगः सुन्तला, शुभ अंकः १

कर्कट राशि: भाग्यको साथ पाइने छ । बहुमूल्य वस्तुहरू सुरक्षित राख्नु होला । जीवनसाथीको स्वास्थ्यमा खर्च बढ्ने छ । बोलीमा हल्का शब्द प्रयोग नगर्नु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । समय प्रतिकूल छ ।
शुभ रंगः नीलो, शुभ अंकः ६

सिंह राशि: शत्रुहरू शान्त रहनेछन् । धन लाभको अवसर मिल्ने छ । व्यावसायिक यात्रा लाभदायक हुनेछ । साथीहरुबाट सहयोग पाइने छ । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ । व्यापारमा वृद्धि हुने योग छ । लगानी शुभ रहने छ । जागिरमा अधिकारीहरू प्रसन्न रहने छन् । भाग्यको साथ पाइने छ ।
शुभ रंगः आकाशे, शुभ अंकः २

कन्या राशि: सन्तान पक्षको स्वास्थ्य तथा अध्ययनसम्बन्धी चिन्ता रहने छ । नयाँ योजना बन्ने छ, तत्काल लाभ नहुन सक्छ । कार्यशैलीमा परिवर्तन गर्नुपर्ने हुन सक्छ । व्यापार लाभदायक हुनेछ । जागिरमा प्रभाव बढ्ने छ । सेयर बजारबाट लाभ हुनेछ ।
शुभ रंगः गुलावी, शुभ अंकः ५

तुला राशि: थकान र कमजोरी महसुस हुन सक्छ । स्वास्थ्यप्रति ध्यान दिनु होला । धर्म कर्ममा रुचि रहने छ । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । कानुनी अवरोध हटेर स्थिति अनुकूल बन्ने छ । लाभको अवसर हात लाग्ने छ । सुखका साधनहरू प्राप्त हुन सक्छन् । धनप्राप्ति सजिलो हुनेछ ।
शुभ रंगः हरियो, शुभ अंकः ४

वृश्चिक राशि: कानुनी काममा अनुकूलता आउने छ । प्रेमसम्बन्धमा हतार नगर्नु होला, विवाद हुन सक्छ । सवारीसाधन अथवा मेसिन प्रयोग गर्दा लापरवाही नगर्नु होला । विवादलाई नबढाउनु होला । आत्म सम्मानमा ठेस पुग्न सक्छ ।
शुभ रंगः केशरी, शुभ अंकः ९

धनु राशि: हल्का हाँसो मजाक गर्नबाट बच्नु होला । विरोधी सक्रिय रहने छन् । धनहानि कुनै न कुनै तरिकाले हुन सक्छ । जीवनसाथीको सहयोग पाइने छ । कानुनी अवरोध हटेर लाभको स्थिति बन्ने छ । खुशीको वातावरण रहने छ । लाभ बढ्ने छ ।
शुभ रंगः क्रीम, शुभ अंकः २

मकर राशि: स्वास्थ्यप्रति ध्यान दिनु होला । चिन्ता तथा तनाव रहने छ । सुखका साधनमा खर्च बढ्ने छ । स्थायी सम्पत्तिमा वृद्धि हुने योग छ । सम्पत्ति सम्बन्धी कामले ठूलो लाभ दिन सक्छ । रोजगारी प्राप्तिको प्रयास सफल हुनेछ ।
शुभ रंगः रातो, शुभ अंकः ३

कुम्भ: आँखालाई रोग अथवा चोटबाट बचाउनु होला । लेनदेनमा हतार नगर्नु होला । मनोरञ्जनात्मक यात्रा आयोजना हुन सक्छ । कुनै उत्सव अथवा खुशीको कार्यक्रममा सहभागी हुने अवसर पाइने छ । मनपर्ने खानाको आनन्द पाइने छ ।
शुभ रंगः केशरी, शुभ अंकः ६

मीन राशि: आज भाग्यको साथ पाइने छ । व्यवसाय राम्रोसँग चल्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । बोलीमा नियन्त्रण राख्नु होला । अरूको काममा हस्तक्षेप नगर्नु होला ।
शुभ रंगः बदामी, शुभ अंकः ५

Published Date: 14 October 2025








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ